काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा पूर्वसचिव रमेशप्रसाद सिंहसहित पाँच जनालाई नियुक्त गरेको छ । यस्तै सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ । गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि गड्तौला निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ । मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच