एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ

एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ

अर्थ चौतारी

एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- ...

A A- A+

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।

इन्दु भन्छिन्:

टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो । यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो । हामीले खेल्न सक्छौँ भन्ने सन्देश गएको छ ।

यूएईसँग कसरी हुन्छ जित चाहिन्छ भन्ने थियो । त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएका थियौँ । हामीले सक्दो प्रयास गरेको हो । टेस्ट नेसनहरुलाई फाइट दिँदा चैँ हामीले पोटेन्सीयल देखाउन सक्यौँ जस्तो लाग्छ ।

हाम्रो धेरै कमजोरीहरू छन् । अझै मिहिनेत गर्नुपर्ने छ । धेरै कुरा सिक्यौँ । फ्लड लाइटमा खेल्दा त्यस्तो फरक परेन । यसलाई एक्स्क्युज बनाउन चाहन्न । टी-२० गेमको बेलामा प्रेस हुन्छ । फ्लड लाइटले ठूलो फरक पर्दैन ।

धेरै वर्षपछि हामीले यूएईलाई बिट गर्न सक्यौँ । बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ । भारतीय खेलाडीहरूसँग कसरी प्रेसर ह्यान्डल गर्ने, फिटनेस कसरी मेन्टेन गर्ने भनेर कुराकानी गरेँ ।

हामीले सुधार गर्नुपर्ने चिज धेरै छ । बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ । हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौँ भने ठूला टीमलाई बिट गर्न सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?