विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको संयोजकत्वमा आयोग गठन गर्ने सरकारको निर्णय

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको संयोजकत्वमा आयोग गठन गर्ने सरकारको निर्णय

अर्थ चौतारी

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको संयोजकत्वमा आयोग गठन गर्ने ...

A A- A+

काठमाडौं । सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो ।

सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।

आयोगलाई ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुरुङले जानकारी दिए । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । उद्धार गरिएका विमानका पाइलट मनीशरत्न शाक्यको भने केएमसी हस्पिटलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?