केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

अर्थ चौतारी

केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

A A- A+

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको  भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ ।उनको शव पोष्टमार्टम गरेर शनिवार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?