भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार

भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार

अर्थ चौतारी

भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार

A A- A+

बारा- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बस खस्दा बेपत्ता एक यात्रुको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ  त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि बाराको कलैया उपमहानगरपालिका-१४ निवासी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो । घटनाको आठ दिन हुँदा पनि त्रिशूलीमा खसेकी सृष्टिको अवस्था पत्ता नलागेपछि अभिभावकले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार उनको अन्तिम संस्कार गरेका हुन्, हिन्दू धार्मिक विधिअनुसार उनका परिवारले सृष्टिलाई सदाका लागि शुक्रबार बिदाइ गरेका छन् । त्रिशूलीमा बेपत्ता सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित स्वास्थ्य चौकीमा रेडियोग्राफर थिइन् । उनी लोकसेवाको परीक्षा दिन काठमाडौं जाँदे गर्दा दुर्घटनामा परिन् । सृष्टि सवार बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए  असार २८ गते बिहान ३ बजेको समयमा सिमतालमा पहिरोसँगै त्रिशूलीमा खसेका बसको अझै अत्तोपत्तो छैन । तर ती बसमा सवार २४ यात्रुको शव नारायणी नदीमा भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?