श्रीमती सँग सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे दुई वकिलको हत्या

श्रीमती सँग सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे दुई वकिलको हत्या

अर्थ चौतारी

श्रीमती सँग सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे ...

A A- A+

पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन् । अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन् । पाकिस्तानी मिडिया रिपोर्टहरूका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन् । एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै त्यही दुश्मनीमा गोली हानी वकिलहरूकै हत्या गरेका हुन् । हत्याको घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन् । एएसआई इन्तजार शाह हिरासतमा परेका छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?