वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप

वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप

अर्थ चौतारी

वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप

A A- A+

काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीका एक हजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको छ । वैदेशिक रोजगार विभाग परिसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले स्थापना गरेको मेलमिलाप कक्षमा पछिल्लो १६ महिनामा एकहजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप गराइएको हो ।संघका सचिव कर्ण कटुवालले इजाजतपत्र प्राप्त म्यानपावर व्यवसायीविरुद्ध आएका उजुरीहरूमा दुवै पक्षबिच मेलमिलाप गराइएको बताए । सङ्घको वर्तमान कार्य समिति कामदारप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै उनले म्यानपावर व्यवसायीका विरुद्धमा आएका उजुरीमा प्राथमिकताका साथ राखेर विवाद समाधानको पहल गर्दै आएको बताए ।मेलमिलाप गर्न नमान्ने २०० भन्दा बढी उजुरीलाई कानुन अनुसार कारबाहीका लागि विभाग समक्ष पठाइएको उनको भनाइ छ । सङ्घले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने उद्देश्य सचिव सचिव कटुवालकै संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिका सदस्यहरू नियमित रूपमा विभागमा उपस्थित भई उजुरीमाथि दुवै पक्षलाई राखेर मेलमिलाप गराउँदै आएका छन् ।उजुरीमाथि सुनुवाइ नगर्ने म्यानपावर व्यवसायीलाई कानुन अनुसार कारवाहीका लागि विभागलाई पठाउने गरेको उनको भनाइ छ । व्यवसायीका विरुद्धमा प्रहरीमा परेका उजुरीहरूमा समेत समितिले समन्वय गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?