यी नदीहरूको बहाव उल्लेख्य बढ्ने, ८ जिल्लामा आज बाढीको जोखिम

Photo of a place flooded. Overflow.

यी नदीहरूको बहाव उल्लेख्य बढ्ने, ८ जिल्लामा आज बाढीको जोखिम

अर्थ चौतारी

यी नदीहरूको बहाव उल्लेख्य बढ्ने, ८ जिल्लामा आज बाढीको ...

A A- A+

बुधबार बिहान मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कर्णाली  प्रदेशका थोरै स्थान र सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम तथा बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा बिहान भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा  बागमती, गण्डकी र कर्णालीका एक-दु स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार वर्षाका कारण ८ जिल्ला र त्यस आसपास भई बहने अधिकांश ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूको वहाब बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ।

बाढीको जोखिम रहेका स्थान र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?