भारतीय विदेशमन्त्री जयशंकरले दिए आरजुलाई बधाई

भारतीय विदेशमन्त्री जयशंकरले दिए आरजुलाई बधाई

अर्थ चौतारी

भारतीय विदेशमन्त्री जयशंकरले दिए आरजुलाई बधाई

A A- A+

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बधाई दिएका छन् । परराष्ट्रमन्त्री राणाले शपथग्रहण गरेसँगै सोमबार दिउँसो भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् बधाई दिएका हुन् । ‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई,’ उनले लेखेका छन्, ‘बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?