ऋणको आडमा बलात्कार गर्ने माली मानव बेचबिखनमा दोषी ठहर, १० वर्ष कैद

ऋणको आडमा बलात्कार गर्ने माली मानव बेचबिखनमा दोषी ठहर, १० वर्ष कैद

अर्थ चौतारी

ऋणको आडमा बलात्कार गर्ने माली मानव बेचबिखनमा दोषी ठहर, ...

A A- A+

काठमाडौँ । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय सुनाएको छ ।ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । मालीलाई दोषी ठहर गर्दै आइतबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले यस्तो सजाय सुनाएको हो । न्यायाधीश बख्रेलको एकल इजलासले २०८१ जेठ १३ गते मालीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । माली पुर्पक्षका लागि थुनामा थिए । मालीले पीडित महिलालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत भनेको छ । अदालतले महिलालाई यौन शोषण गर्ने मतियार उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ ।पीडित महिलाले मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट २०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सो ऋणको मासिक ब्याज ५० हजार थियो । आयआर्जन नभएकी ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुईपटक ब्याज तिरिन् । तर उनले ऋण तिर्न नसकेपछि मालीले बलात्कार गरेको र अरुलाई पनि बलात्कार गर्न लगाउने गरेको बताइएको छ । उनीविरुद्ध जबरजस्ती करणीका लागि हदम्याद नभएपछि मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । शारीरिक बन्धक बनाएर यौन शोषण गर्दै मानव बेचबिखन गरेको अभियोगपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?