शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हुदैन : सुमना श्रेष्ठ

शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हुदैन : सुमना श्रेष्ठ

अर्थ चौतारी

शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित ...

A A- A+

काठमाडौँ। रास्वपा सांसद सुमना श्रेष्ठले विधालय शिक्षा विधेयकमा शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छिन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरुसंग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश बिषय समावेश भएको भन्दै अव पनि शिक्षकहरुले थप मागमा अडान लिन नहुने बताइन्।

विधालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरुलाई सुझाव दिइन्। श्रेष्ठले शिक्षकहरुको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् ।

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाई भएको भन्दै यसमा राजनीतिक दलहरु समेत गम्भीर हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?