दक्षिण कोरियाली टिभी सिरियल हेरेको भन्दै ३० भन्दा धेरै बच्चालाई मृत्युदण्ड

दक्षिण कोरियाली टिभी सिरियल हेरेको भन्दै ३० भन्दा धेरै बच्चालाई मृत्युदण्ड

अर्थ चौतारी

दक्षिण कोरियाली टिभी सिरियल हेरेको भन्दै ३० भन्दा धेरै ...

A A- A+

प्योङयाङ । उत्तर कोरियाको तानाशाहबारे नसुन्ने मान्छे त कमै होलान् । आफ्ना शत्रुहरूसँग उनको रिस यति भयानक हुन्छ कि कुनै हालतमा तिनीहरूको प्रशंसा सहन सक्दैनन् ।

हालै मात्र उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाली र अमेरिकी टिभी शोजहरू हेरेको भन्दै ३० भन्दा बढी बालबालिकालाई मृत्युदण्ड दिएका छन् । यही वर्षको सुरुमा किमले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठुलो शत्रु घोषणा गरेका थिए । उत्तर कोरियामा दक्षिण कोरियाली टिभी कार्यक्रम हेर्नु र गीत सुन्नु अपराध हो ।

उत्तर कोरियामा दक्षिण कोरियाली टिभी सिरियल र कार्यक्रमहरू प्रसारण हुँदैन । केही तस्करले लुकीचोरी पेन ड्राइभमा महँगो मूल्यमा बालबालिकाहरूलाई यस्ता प्रतिबन्धित टिभी सिरियलहरू बेच्ने गरेका छन् । हालै दक्षिण कोरियाली मिडिया चोसुन टिभी र कोरिया जोङआङ डेलीले एउटा रिपोर्ट तयार गरेका थिए ।

रिपोर्टका अनुसार उत्तर कोरियाले लुकीचोरी के–ड्रामा हेरेको भन्दै माध्यमिक विद्यालयमा पढ्ने ३० जना विद्यार्थीलाई मृत्युदण्ड दिएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीहरूले यी दाबीमा सीधै टिका टिप्पणी गरेका छैनन् । उत्तर कोरियामा के भइरहेछ भन्ने आफूहरूलाई थाहा भएको अनि रिपोर्ट यसको प्रमाण भएको दक्षिण कोरियाली मन्त्रालयका एक अधिकारी जोङङ डेलीले बताएका छन् ।

सार्वजनिक स्थानमा गोली प्रहार

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार दक्षिण कोरिया, अमेरिका र जापानको संस्कृतिलाई कुनै पनि नागरिकले नअपनाउन् भन्ने सुनिश्चित गर्न उत्तर कोरियामा कानुनै ल्याइएको छ । कसैले यस्तो गरेको पाइएमा कडा कारबाही हुनेछ ।

यसअघि पनि दक्षिण कोरियाली गीत सुन्नेलाई मृत्युदण्डको सजाय दिइएको खबर आएको थियो । सन् २०२२ मा संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उत्तर कोरियाको कांगवोन प्रान्तमा एक व्यक्तिलाई सार्वजनिक रूपमा गोली हानिएको भनिएको थियो ।

दक्षिण कोरियाली टिभी कार्यक्रमको क्लिप बेचेको पाइएपछि उनलाई सो सजाय दिइएको थियो । के–पप भिडियो हेरेको आरोपमा १२ वर्षको कडा परिश्रमको सजाय पाएका दुई किशोरहरूको विशेष फुटेज आफूले प्राप्त गरेको भन्दै बीबीसी न्यूजले पनि जनवरीमा एउटा समाचारमा भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?