काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री रेखा थापाको पनि अभिनय रहने भएको छ । निर्माण पक्षले रेखाको छायाङ्कन समयको एक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । सार्वजनिक तस्बिरमा फिल्मका निर्देशक चन्द्र पन्त र अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले रेखासँग छलफल गरिरहेको देख्न सकिन्छ । फिल्ममा रेखाको छोटो तर महत्त्वपूर्ण भूमिका रहेको निर्देशक पन्तले बताए । उनले रेखाको भूमिका अहिले खुलाउन नमिल्ने भन्दै उनले दर्शकका लागि रेखाको भूमिका सर्प्राइज हुने बताए । फिल्म असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । रेखाको यस अगाडि ‘उपहार’ रिलिज भएको थियो ।निता फिल्मस्को ब्यानरमा निर्माण भइरहेको ‘ह्रस्व दीर्घ’मा नितासँगै हरिहर अधिकारी, दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, अली, सुनिल बर्मा, कविर दुहानको अभिनय छ । यस्तै, बलिउड कलाकार प्रदीप राउतलाई पनि फिल्ममा देख्न सकिन्छ ।फिल्ममा नेपाली कलाकार विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा लगायतको पनि अभिनय रहनेछ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच