हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँस्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ । दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई ६ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ। विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो ।अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए ।‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उनको भनाइ छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच