कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी

CHARLOTTE, NORTH CAROLINA - JULY 13: Luis Suarez of Uruguay celebrates after scoring the team's second goal during the CONMEBOL Copa America 2024 third place match between Uruguay and Canada at Bank of America Stadium on July 13, 2024 in Charlotte, North Carolina. (Photo by Grant Halverson/Getty Images)

कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी

अर्थ चौतारी

कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे ...

A A- A+

काठमाडौं – कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा क्यानडाविरुद्ध उरुग्वे विजयी भएको छ।निर्धारित समयमा २-२ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा उरुग्वे क्यानडाविरुद्ध ४-३ ले विजयी भएको हो।रोचक खेलमा सुरुवाती अग्रता लिएको उरुग्वेलाई क्यानडाले उछिनेको थियो। तर ९० मिनेटपछिको थप दुई मिनेटमा उरुग्वेले बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्यायो।खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औं मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको थियो। उरुग्वेका लागि आठौं मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औं मिनेटमा इस्माइल कोनेले गरे।पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा क्यानडाका जोनाथन डेभिडले गोल गर्दै २-१ को अग्रता बनाएका थिए। तर, ९० मिनेटपछि अतिरिक्त समयको दोस्रो मिनेटमा उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै खेल २-२ बराबरीमा फर्काएका थिए। अतिरिक्त समयको स्वारेजको गोल नै उरुग्वेका लागि बरदान सावित भयो ।टाइब्रेकरमा क्यानडालाई ४-३ ले पराजित गर्दै उरुग्वे विजयी भएको हो।सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग र उरुग्वे कोलम्बियासँग पराजित भएपछि उनीहरुको भेट तेस्रो स्थानका लागि भएको हो कोपा अमेरिकाको फाइनल भिडन्त अर्जेन्टिना र कोलम्बियाबिच सोमबार बिहान पौने ६ बजे हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?