काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ अन्तर्गत ब्याडमिन्टनको समूह चरणमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर अक्सलसेनसँग खेल्ने भएका छन् ।वर्ल्ड ब्याडमिन्टन फेडेरेसन (बीडब्लुएफ)ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिन्स समूह पी मा छन् । यस समूहमा प्रिन्स र भिक्टोर एक्सलसेनसँगै आयरल्याण्डका न्हात न्गुउन तथा इजरायलका मिशा जिबेरमान छन् । प्रिन्सले बक्याडमिन्टनको पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।पेरिस ओलम्पिकमा पुरुष सिंग्लसमा कूल ४१ खेलाडी छन् । उनीहरुलाई १३ समूहमा विभाजन गरिएको छ । १२ समूहमा ३ खेलाडी छन् भने प्रिन्स रहेको समूह्यमा मात्र ४ खेलाडी छन् ।समूह ए, समूह ए र प्रिन्स सम्मिलित समूह बी को समूह विजेता सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । बाँकी १० समूहको विजेता भने प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष स्थानमा पुगिसकेका प्रिन्स पहिलो पटक ओलम्पिक खेल्दैछन् । उनी ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत बन्दैछन् ।तर पेरिस ओलम्पिकमा प्रिन्सले प्रशिक्षक विनै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच