एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन

एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन

अर्थ चौतारी

एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन

A A- A+

काठमाडौं– नयाँ बानेश्वरस्थित दि एभरेष्ट होटलले बिक्रीमा रहेको भनेर अफवाह फैलाइएको बताएको छ । पाँच तारे एभरेष्ट होटल बिक्रीमा रहेको भनेर समाचार आउन थालेपछि उसले विज्ञप्ति नै निकालेर त्यस्तो कुनै योजना नरहेको स्पष्टीकरण दिएको हो । 

‘केही दिनदेखि पाँच तारे एभरेष्ट होटेल यति मूल्यमा बिक्रीमा राखिएको भनी विभिन्न सञ्चार माध्यमहरूमा हल्ला फिँजाइएकोमा होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘होटल बिक्री गर्ने कुनै योजना छैन ।’

होटलले लामो समयदेखि निरन्तर ठूलो सङ्ख्यामा विदेशी तथा स्वदेशी पर्यटक र ग्राहकहरूलाई गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?