प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिनँ : रमेश लेखक

प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिनँ : रमेश लेखक

अर्थ चौतारी

प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिनँ : रमेश लेखक

A A- A+

काठमाडौं । नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि बसिरहेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा लेखकले उक्त टिप्पणी गरेका हुन् । ‘उहाँका अधिकांश कुरामा हाम्रो विमति छ । अधिकांश कुरामा आफ्ना विचार छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन । किनभने यसले थप कटुता मात्रै पैदा गर्छ ।’पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु भएकाले आलोचना नगर्ने उनले बताए । प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?