असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

अर्थ चौतारी

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

A A- A+

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।  पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’प्रवक्ता अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?