कोपामा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षक बर्खास्त

कोपामा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षक बर्खास्त

अर्थ चौतारी

कोपामा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षक बर्खास्त

A A- A+

वासिङ्टन । कोपा अमेरिका समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हल्टरलाई बर्खास्त गरेको छ । पानामा र उरुग्वेसँग पराजित भएपछि अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको थियो ।
‘हामी पुरुष राष्ट्रिय टोली र अमेरिकी फुटबल प्रतिको पाँच वर्षको प्रतिबद्धताका लागि ग्रेगप्रति आभारी छौँ,’ अमेरिकी फुटबल महासंघका खेलकुद निर्देशक म्याट क्रोकरले भने, ‘ग्रेगले हाम्रो संगठनभित्र सबैको सम्मान कमाएका छन् र एक युवा टोलीलाई एकजुट बनाउन र कार्यक्रमलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’

उनको स्थानमा लिभरपुलका पूर्वप्रबन्धक योर्गेन क्लपलाई भित्र्याउने चर्चा छ । क्रोकरले नयाँ प्रबन्धको ‘खोज प्रक्रिया’ सुरु भएको बताए।मेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर २०२६ को विश्वकप आयोजना गर्दैछ ।५० वर्षीय ग्रेगले दुई कार्यकाल अमेरिकाको नेतृत्व गरेका थिए । उनको विगतको आचरणको अनुसन्धान सँगै सन् २०२२ मा पहिलो कार्यकाल समाप्त भएको थियो । उनी यस भूमिकामा चार वर्ष थिए । त्यतिबेला उनले किशोरावस्थामा आफ्नी श्रीमतीलाई लात हानेको स्वीकार गरेका थिए ।आफ्नो पहिलो कार्यकालमा अमेरिका कतारमा आयोजित २०२२ विश्वकपको अन्तिम १६ मा पुगेको थियो भने सन् २०२१ मा कोनकाकाफ नेसन्स लिग गोल्ड कप जितेको थियो । तर उसको दोस्रो कार्यकाल मात्र १४ खेल चल्यो।उरुग्वेसँग १-० ले पराजित भएपछि ग्रेगले सन् २०२६ को विश्वकपमा टोलीको नेतृत्व गर्न आफू सही व्यक्ति भएको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?