सप्तकोशीमा अझै पानीको बहाव बढ्दै, अति खतराको संकेत पनि पार

सप्तकोशीमा अझै पानीको बहाव बढ्दै, अति खतराको संकेत पनि पार

अर्थ चौतारी

सप्तकोशीमा अझै पानीको बहाव बढ्दै, अति खतराको संकेत पनि ...

A A- A+

विराटनगर । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको बहाव बढ्दा सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ ।

हिजो साँझबाट कोशी प्रदेशका अधिकांश स्थानमा पानी पर्न रोकिए पनि सप्तकोशीमा भने पानीको बहाव निरन्तर बढ्दो नै छ । कोशी नदीमा लेदोयुक्त बाढी अत्यधिक रहेको जनाइएको छ ।

पानीको बहाव बढेका कारण आइतबार बिहानसम्मै कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ । ब्यारेज माथिबाट पानी बगेका कारण आवतजावत बन्द गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् । शनिवार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने घटेको छैन ।

कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरिसकेको छ ।

एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?