काठमाडौं । प्रतिनिधि सभामा सांसदहरु गम्भीर राजनीतिक बहसमा पनि गीतसंगीत, उखान टुक्का र नीतिकथाहरुको उत्तिकै प्रयोग गर्छन् ।
मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि केही दिनयता संसदमा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।एमालेले सरकार छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् । एमाले सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत नलिएर राजीनामा दिनुपर्ने सुझाव दिइरहेका छन् । माओवादी केन्द्रका सांसदहरु विश्वासको मत लिने प्रधानमन्त्रीको संवैधानिक अधिकार रहेको तर्क गरिरहेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले एउटा नीति कथा सुनाएका छन् । उनले गोही र पण्डितको कथा सुनाउँदै भविष्यमा एमालेले कांग्रेसलाई धोका दिन सक्ने आशंका गरे ।
माओवादी सांसद घर्तीले सुनाएको नीति कथा यस्तो छ –
गंगा नदीको किनारमा एक जना पण्डित बिहानै उठेर स्नान गरेर ध्यानमग्न भइरहेका रहेछन् । त्यसबेला आहाराको खोजीमा आइरहेको एउटा गोहीले पण्डितलाई देख्यो । पण्डित अग्लो ठाउँमा भएकाले गोहीले खान त सकेन ।
तर, पण्डितलाई खुसी पार्न गोहीले मोतीका दानाहरु उनी वरपर छरिदियो । ध्यान खुलेपछि पण्डितले वरपर मोतीका दानाहरु देखेपछि कहाँबाट आयो भनेर यताउता हेरे ।
गोहीले भन्यो– केही चिन्ता नगर्नुस् यहाँ कोही पनि छैन । तपाईं र म मात्रै छौं । मोतीका दानाहरु खल्तीमा हाल्नुस् । बरु अरु पनि चाहिन्छ भने दिन्छु ।
पण्डितले गोहीको बारेमा जिज्ञासा राखे ।
गोहीले आफू त्रिवेणी धाम जान खोजेको, तर बाटो बिराएर यहाँ आएको भन्दै बाटो देखाइदिन आग्रह गर्यो ।
पण्डितले टाढा भएकाले कसरी बाटो देखाउने भने ।
त्यसपछि गोहीले भन्यो, ‘म तपाईंलाइ बोक्छु, तपाईं काँधमा चढेर हिँड्नुस् र बाटो देखाउनुस् ।
त्यसपछि पण्डित मोतीका दानाको लोभले गोहीको काँधमा बसे ।
नदीमा जाँदै गर्दा ठूलो छालहरु आएको ठाउँमा पण्डित डराए ।
गोही ‘मुर्ख पण्डित । मैले मेरै स्वार्थको लागि तिमीलाई ल्याएको थिएँ’ भन्यो र पण्डितलाई आफ्नो आहारा बनायो ।
गोही र पण्डितको कथा सुनाएपछि माओवादी सांसदले घर्तीले कांग्रेस–एमालेबीचको सहमतिसँग जोड्न खोजे ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने सहमति भएको घर्तीले स्मरण गरे ।
त्यसपछि उनले भने, ‘एउटा पण्डित त स्वर्त गए पनि नर्क गएपनि सँगै जाउँला भनेको नर्कमा छोडेर गएपछि जिल्ल परिहाले । अब अर्को पण्डित फेरि कतै गोहीसँग जाँदा भुल्कामा परेर ज्यान गुम्ला, त्यसबेला याद गर्नुहोला ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच