घुर्ने बानी हुनसक्छ जटिल स्वास्थ्य समस्याको कारण

घुर्ने बानी हुनसक्छ जटिल स्वास्थ्य समस्याको कारण

अर्थ चौतारी

घुर्ने बानी हुनसक्छ जटिल स्वास्थ्य समस्याको कारण

A A- A+

काठमाडौं । हामीमध्ये धेरैको रातको समयमा निन्द्रामा घुर्ने बानी हुन्छ । जुन बानिलाई हामी सामान्य सोच्ने गर्छौ । बेवास्ता गर्छौ । तर यो स्वास्थ्यका हिसाबले सोचनीय विषय हो ।हामीले फेरेको सास जब नाकको पछाडि भागबाट भित्र बाहिर प्रवाह हुन्छ, यदि ती भागहरूको मांसपेशीहरू मोटो वा खुकुलो अवस्थामा छ भने सास फेर्ने क्रममा घाँटीभन्दा माथिको भागमा कम्पन पैदा हुन्छ र यसैको आवाजलाई हामी घुर्ने भन्छौँ ।जब हामी गहिरो निद्रामा हुन्छौ, हाम्रो मुख भित्रको माथिल्लो भाग, जिब्रो र घाँटीको मांसपेशीहरू सङ्कुचित हुँदैनन् र आंशिक रूपमा वायुमार्गमा अवरोध पैदा हुन्छ र ती मांसपेशीहरूमा कम्पन पैदा हुने गर्दछ ।हाम्रो श्वासनली जति साँघुरो हुन्छ, वायु प्रवाह त्यति नै जोडसँग हुन्छ । यसले गर्दा कम्पनको आवाज बढ्न जान्छ र हामीले घुर्ने आवाज पनि बढ्छ ।  यसले कहिलेकाहीँ गम्भीर स्वास्थ्य अवस्थालाई पनि सङ्केत गर्न सक्छ ।

यस्ता लक्षणहरू देखा परमा जटिलता निम्तिन सक्छ 

–निद्राको समयमा सास रोकिने समस्या
–दिनमा अत्यधिक निद्रा लाग्ने
–कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने
–बिहान बिहान टाउको दुख्ने
–निद्राबाट उठ्दा घाँटी दुखिरहने
–निद्रामा बेचैनी हुने
–उच्च रक्तचापको बिरामीहरू
–राति छाती दुख्ने

घुर्नुको पछाडि धेरै कारणहरू हुन सक्छन्, तीमध्ये नाक, मुख र साइनसको समस्या, रक्सी सेवन, एलर्जी, चिसो र अधिक वजन प्रमुख कारण हुन् ।यसबाट बच्न र भएको समस्यालाई न्यूनीकरण गर्न  तौल घटाउने, सुत्ने समयको नजिक खानेकुरा नखाने, रक्सी सेवन नगर्ने, नियमित व्यायाम गर्ने, केवल एकपट्टि कोल्टे परेर नसुत्ने, नाक तथा साइनसको समस्या छ भने समयमा नै उपचार गर्ने जस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?