गोरखा भूकम्प स्मृति दिवस : बारपाक सुलिकोटमा सार्वजनिक बिदा

गोरखा भूकम्प स्मृति दिवस : बारपाक सुलिकोटमा सार्वजनिक बिदा

अर्थ चौतारी

गोरखा भूकम्प स्मृति दिवस : बारपाक सुलिकोटमा सार्वजनिक बिदा

A A- A+

काठमाडौं । २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

नौँ वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले विदा दिएको जनाएको हो ।

गाउँपालिकाले आज पौन्य बाह्र बजे वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली सभा पनि राखिएको छ ।

०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जनधनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित भयो ।

बारपाककासहित आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्यांक छ । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍यायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?