इन्स्पेक्टर उमेश थापाको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त

इन्स्पेक्टर उमेश थापाको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त

अर्थ चौतारी

इन्स्पेक्टर उमेश थापाको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त

A A- A+

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुख व्यक्त गरेका छन्।ओलीले थापाको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनको निधनले आफू दुखी भएको बताएका हुन्।आलीले लेखेका छन्, ‘धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’थापा ओलीको बालकोटस्थित घरमा कार्यरत थिए।४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?