हङकङसँग नेपाली पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने

हङकङसँग नेपाली पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने

अर्थ चौतारी

हङकङसँग नेपाली पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने

A A- A+

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

एन्फाका अनुसार नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ । फिफा विन्डो अन्तर्गत उक्त मैत्रीपूर्ण खेफ हुने एन्फाले जनाएको छ ।

हङकङ फुटबल संघले आयोजना गर्ने सो खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत नै रहनेछ ।

नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत जुन १० मा लाओससँग खेल्ने तालिका छ । त्यसअघि हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?