राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा

राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा

अर्थ चौतारी

राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले ...

A A- A+

काठमाडौं– बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले अपराह्न ४ बजेर ४० मिनेट जाँदा  कुसुममा राप्ती नदीको जल सतह खतरा तह ७.८ नाघेर ७.९४ पुगेको जानकारी दिएको हो ।विभागको कुसुमस्थित जलमापन केन्द्रमा सतर्कता तह ६ हो । तर, सो स्थानमा राप्ती नदीको जल सतह यतिखेर खतराको तह पार गरेर निरन्तर बढ्दो छ ।राप्तीमा जल सतह बढेसँगै तल्लो तटीय क्षेत्र डुडुवा, राप्ती सोनारी, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, कटकुइया, फत्तेपुर, विनौना, होलिया, कम्दी, कचनापुर, वनकटवा, सीतापुर, राधापुर, खासकुस्मा र नेपालगन्ज उपमहानगरपालिका क्षेत्र लगायतमा बसोबास गरिरहेका नागरिक त्रासमा छन्‌ ।भारतले राप्ती नदीमा एकतर्फी ढङ्गले बनाएको लक्ष्मणपुर बाँध र कलकल्वा तटबन्धका कारण वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेका छन्‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?