पहिरोको कारण हेटौंडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

पहिरोको कारण हेटौंडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

अर्थ चौतारी

पहिरोको कारण हेटौंडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

A A- A+

हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षापछि आएकाे पहिराेकाे कारण हेटौंडाबाट काठमाडौं जोडने छोटा मार्गहरु बन्द भएका छ्न् ।

 

प्रहरीको अनुसार अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडा- सिस्नेरी- दक्षिणकाली सडक, कान्तिलोकपथ, हेटौंडा चखेल- मातातिर्थ सडक बन्द भएको हो ।

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ ।

 

यसैगरी मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल सडक खण्ड अवरुद्ध भएको छ । अहिलेपनि वर्षा भइरहेकोले सडख खुलाउन सकिएको छैन ।

त्यसैगरी कान्तिलोकपथ अन्तरगत मकवानपुर तथा ललितपुरको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?