नुनको भाउ वृद्धिले भान्सा महँगियो, होटल–रेस्टुरेन्टको मेनु यथावत

नुनको भाउ वृद्धिले भान्सा महँगियो, होटल–रेस्टुरेन्टको मेनु यथावत

अर्थ चौतारी

नुनको भाउ वृद्धिले भान्सा महँगियो, होटल–रेस्टुरेन्टको मेनु यथावत

A A- A+

काठमाडौं । सरकारले नुनको भाउ वृद्धि गरे पनि होटल–रेस्टुरेन्टको मेनु परिवर्तन नहुने भएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनले ८ वर्षपछि मंगलबार नुनको भाउ वृद्धि गरेको थियो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको मूल्य अब २६ रुपैयाँ पुर्‍याइएको छ ।सामान्यतया ठूला होटल र रेस्टुरेन्टलाई बढेको मूल्यको प्रभाव पर्छ । तर, व्यवसायीहरू तत्काल मेनु परिवर्तनको योजनामा भने छैनन् ।होटल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठले होटल रेस्टुरेन्टको मेन परिवर्तन नहुने जानकारी दिए ।‘खानेतेलको मूल्य प्रतिलिटर १३० रुपैयाँसम्म बढेको बेला पनि व्यवसायीले मेनु बढाएका थिएनन्, त्यसको तुलनामा नुनको मूल्यको प्रभाव कम पर्छ, त्यसैले मेनु चेन्ज हुदैन,’ उनले भने ।यद्यपि नुनको भाउ बढ्दा व्यवसायीमा त्यसको भार भने पर्ने उनी बताउँछन् ।‘नुन भान्सामा नभई नहुने वस्तु हो, हेर्दा किलोको थोरै मूल्य देखिए पनि धेरै खपत हुने होटल–रेस्टुरेन्टको भान्सा भने यसले महँगो बनाउँछ,’ उनी भन्छन् ।होटल रेस्टुरेन्टको मात्र होइन, नुनको मूल्य बढ्दा त्यसको प्रभाव सर्वसाधारणको भान्सामा पनि देखिने छ । तर, यसबाट हुने महँगीको असर तुलनात्मक रुपमा कम हुनेछ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार नुनमा अझै पनि कम्पनीले घाटा बेहोरिरहेको छ ।कम्पनीले थोक मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको आयो नुनको अब थोक बिक्रि मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको छ । २३ रुपैयाँमा बिक्री गर्दा समेत कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनको भनाई छ ।सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?