प्रधानमन्त्रीको थाप्लोमा ८ वटा मन्त्रालय

sf7df8f}F,@! k';M k|d bfxfn l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्रीको थाप्लोमा ८ वटा मन्त्रालय

अर्थ चौतारी

प्रधानमन्त्रीको थाप्लोमा ८ वटा मन्त्रालय

A A- A+

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थाप्लो ८ वटा मन्त्रालय परेको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।  बुधबार उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिला बालबालिकामन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्र कुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि बिहीबार राष्ट्रपतिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?