काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले असार ३१ गतेका लागि त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ। परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संदसबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्। राष्ट्रपति कार्यालयले आज केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन। भने उनको शपथ भोलि हुनेछ। जसका कारण त्रिवि सभा स्थगित गरिएको हो। देशको राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्री तथा त्रिविका कुलपति एवम् सभाका अध्यक्षले उक्त बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच