दीपेन्द्रकी बहिनी राजमती पहिलोपटक महिला राष्ट्रिय टोलीमा

दीपेन्द्रकी बहिनी राजमती पहिलोपटक महिला राष्ट्रिय टोलीमा

अर्थ चौतारी

दीपेन्द्रकी बहिनी राजमती पहिलोपटक महिला राष्ट्रिय टोलीमा

A A- A+

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपका खेल्ने टोलीको घोषणा गरेको छ । श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि क्यानले बुधबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।युवा अलराउन्डर राजमती ऐरीले पहिलो राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी राजमती राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी हुन् ।उत्कृष्ट प्रदर्शन गर्दै आएका दाइ दीपेन्द्रलाई बहिनी राजमतीले पछ्याउँदै आएकी छन् । उनले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् ।गत पुसमा भएको प्रधानमन्त्री कपमा उनले कर्णाली प्रदेशविरुद्ध ५५ बलमा ६७ रन जोडेकी थिइन् । गत महिला भएको ललितपुर मेयर्स कपमा सुदुरपश्चिम प्रदेशविरुद्ध उनले अर्धसतक प्रहार गरेकी थिइन् ।२२ वर्षीय राजमतीले यसअघि अन्डर १९ टीमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।दीपेन्द्रसिंह ऐरी र राजमतीका बुबाका दुई श्रीमती छन् । पहिलो श्रीमतीबाट दीपेन्द्रसहित तीन छोरा र एक छोरी छन् । दिपेन्द्र साईंला हुन् । कान्छी श्रीमतीबाट तीन छोरी र एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?