प्रियंका कार्की अभिनित वेब सिरिजमा अश्लीलता, कसले दियो न्यूड सीन ?

प्रियंका कार्की अभिनित वेब सिरिजमा अश्लीलता, कसले दियो न्यूड सीन ?

अर्थ चौतारी

प्रियंका कार्की अभिनित वेब सिरिजमा अश्लीलता, कसले दियो न्यूड ...

A A- A+

काठमाडौं । अचेल चलचित्रमा नायिकाले टु पिस वा ब्याकलेस पहिरन लगाउनु सामान्य भइसक्यो । सेन्सर पास भएको खण्डमा चलचित्रमा किस सीन र बेड सीन पनि देख्न पाइन्छ । तर, न्यूड सीन ?केही समयअगाडि बलिउड चलचित्र ‘एनिमल’ मा नायिका तृप्ती डिम्रीले दिएको न्यूड सीनले भारतमा मात्र नभएर नेपालमा पनि तहल्का मच्चिएको थियो ।‘एनिमल’ को लागि तृप्तीले दिएको न्यूड सीनमा संवेदनशील अंग ढाकिएको थियो र पनि निकै कन्ट्रोभर्सी भयो । यसले पक्कै पनि चलचित्रको व्यापारलाई फाइदा पुग्यो नै होला ।अश्लीलता आफैमा एक विवादित विषय हो । अश्लील दृश्यहरू राख्दा कन्ट्रोभर्सी हुने र त्यसले चलचित्रको व्यापारमा मद्दत पुग्ने धारणा केही मेकर्समा पाइन्छ । तर, अहिलेसम्म कुनै पनि मेकरले नेपाली चलचित्रमा ‘फुल न्यूड सिन’ देखाउने दुस्साहस गरेका थिएनन् ।सुजोय योङ निर्देशित वेभ सिरिज ‘साहु बा’ ले सम्भवतः पहिलोपटक यस्तो दुस्साहस गरेको छ । दुई दिनअघि सार्वजनिक भएको ‘साहु बा’ को ट्रेलरका दुईवटा सिनमा दर्शकले जिब्रो टोक्न बाध्य हुन्छन् । एउटा सीनमा महिला कलाकार र अर्कोमा पुरुष कलाकारलाई पछाडिबाट नांगो देखाइएको छ । दुवैको शरीरमा एउटा कपडाको धरो पनि छैन । यी दुई दृश्य पोर्न फिल्मको झल्को दिने खालका छन् ।यो कुनै सी ग्रेडको चलचित्र भने होइन । प्रियंका कार्कीजस्तो चलेकै स्टारले अभिनय गरेकी छन् । चर्चित डान्सर कविता नेपाली, बिजु पार्की, चुल्ठिम गुरुङ, नम्रता श्रेष्ठ, अमित गिरी, अमितेष शाहको आदि लगायतको अभिनय रहेको यो सिरिजको ट्रेलर खासै गतिलो छैन । दुई न्यूड सीनका बलमा कारण भ्यूज बटुल्न खोजिएको छ ।न्यूड सीन दिन तयार कलाकारहरू को हुन् भन्ने अहिलेसम्म खुलाइएको छैन । महिला कलाकार आफ्नो नांगो शरीरसहित पुरुष पात्रसँग यौनजन्य पोजसनमा बसेकी छन् । लगत्तैको दृश्यमा पुरुष कलाकारको पछाडि भाग नांगो देखाइएको छ । दुवै कलाकारहरू एक्सपोज भएपछि कन्ट्रोभर्सीको सामना गर्नुपर्ने देखिन्छ ।कतिपयले उक्त न्यूड सीन नायिका प्रियंका कार्कीको भएको अनुमान लगाइरहेका छन् । दर्जनौँ फिल्ममा काम गरिसकेकी कुनै बेलाकी नम्बर एक कलाकार प्रियंका एउटा वेब सिरिजमा न्यूड हुन तयार बनिन् होला भनेर विश्वास गर्न गाह्रो हुन्छ ।हालै चलचित्रले गरेको पत्रकार सम्मेलनमा प्रियंका आफैँले अघि सरेर न्यूड सीनका बारेमा बोलेकी थिइन् । उनले चलचित्रमा यो सिनको महत्व भएको बताइन् । निर्देशक सुयोग योङले यो सिनलाई सस्पेन्स राख्न चाहेको बताए ।उनले भने, ‘यो हाम्रो सस्पेन्स भाग हो । त्यसैले अहिले नखुलाएको हो । सिरिज हेरेपछि थाहा पाइहाल्नु हुन्छ न्यूड सीन कसको हो भनेर ।’‘साहु बा’ यहीँ अगस्टबाट रिलिज हुँदैछ । २४ एपिसोडको यो सिरिज राष्ट्रिय टेलिभिजनमा पनि आउने बताइएको छ । टिभीमा आउँदा भने यो दृश्यमा कैंची लाग्ने प्रबल सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?