काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने प्रयत्न गरिएको बताएका छन् । मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०८१–८२ को बजेटको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले केन्द्रीकृत बजेट प्रणालीलाई आफूले स्थानीय तहसम्म पुर्याउने प्रयास गरेको बताए ।‘विकासको संवाहक, रोजगारीको सिर्जनामा स्थानीय तह आफैमा महत्त्वपूर्ण अङ्ग हो । यसैलाई सबल र अधिकार सम्पन्न बनाउन सकियो भने आर्थिक विकास गर्न सकिन्छ । यसैलाई मुख्य ध्येय बनाएर यसपटकको बजेट स्थानीय तहमा फोकस गरिएको हो’ मन्त्री पुनले भने ।कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले स्थानीय तहका लागि ३ खर्ब १२ अर्ब बढी बजेट विनियोजन गरेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच