राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

अर्थ चौतारी

राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कूटनीतिक क्षेत्रमा पार्टीबाट हुने सिफारिसका लागि मापदण्ड बनाएको छ ।अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोबिता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेको हो ।कूटनीतिक नियोगहरूका लागि रास्वपाबाट हुनसक्ने सिफारिस वा समन्वयका लागि मापदण्ड तयार गरिएको विभागका प्रमुख खनालले जानकारी गराए ।पार्टीले तयार गरेको मापदण्डअनुसार १४ असारभित्र इच्छुकले आवदेन दिनसक्ने रास्वपाले जनाएको छ । आवदेनका लागि अनलाइनमार्फत आह्वान गरिएको छ । आवेदनअनुसार आकांक्षीहरूको रोस्टर तयार गरिने खनालले जानकारी गराए ।सरकारले ११ देशबाट राजदूत फिर्ता गरेसँगै सत्ता पक्षले भागबन्डा गरेका थिए । रास्वपाको भागमा दुई राजदूत परेको छ । आठ देशका लागि भने राजदूत सिफारिस भइसकेको छ । इजरायल, कतार र पोर्चुगलको लागि राजदूत सिफारिस हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?