काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो धारणा सार्वजनिक गरेका हुन् ।
केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसद्मा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै बस्नेतले संसद्को अनुशासनको कुरा गरेर आफैं अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताएका हुन् ।
उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन आवश्यक रहेको बताए । उनले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए ।
उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच