पौडी खेल्ने क्रममा फेवातालमा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा फेवातालमा डुबेर युवकको मृत्यु

अर्थ चौतारी

पौडी खेल्ने क्रममा फेवातालमा डुबेर युवकको मृत्यु

A A- A+

काठमाडौं । कास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका -२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको मृत्युु भएको हो ।प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो।कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्।उनीसँगै पौडी खेल्न गएका अरु सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?