काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।
यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पा यो बाढीले ठूलो क्षति गरेको हुन सक्ने बताएका छन् । उता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले दूधकोशीमा ठूलो बाढी आएको खबर आएपछि टोली खटाइएको बताए।
‘बाढी आएको भनिएको क्षेत्र विकट भएकाले सबै कुरा आइसकेको छैन । अहिले हामीले नजिकका युनिटबाट तटीय क्षेत्रमा प्रहरी पठाएका छौँ’, उनले खबरहबसँग भने, ‘सञ्चार सम्पर्क पनि सहज नभएकाले सबै विवरण आइसकेको छैन । स्थानीयले बाढी ठूलो आकारको भएकाले क्षति पनि त्यही आकारको हुन सक्ने खबर पठाएका छन् ।
सम्भावित विपद्को सामना गर्न सोलुखुम्बुमा यसअघि नै प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दूधकोशीमा भीषण बाढी आएपछि हिमपोखरी फुटेको आशंका गरिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच