धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह

धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह

अर्थ चौतारी

धनुषाको सतलोक आश्रममा २१ जोडीको दाइजोमुक्त सामूहिक विवाह

A A- A+

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा ६२७औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह भएको हो ।गुरुवाणीद्वारा तेत्तिस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।यस वर्ष पनि कवीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।गत बिहीबारदेखि चलिरहेको कार्यक्रममा चलिरहेको प्रकट दिवसमा मधेशकम मुख्यमन्त्री सतिसकुमार सिंह, सभामुख रामचन्द्र मण्डल लगायत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?