लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

अर्थ चौतारी

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

A A- A+

 काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सम्बन्धी दोस्रो बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो ।यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।आज लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष पश्चिम नेपालसम्म मनसुनी प्रणाली फैलिन दुई हप्ता लागेको थियो मनसुन पश्चिमतर्फ सर्दै गएकाले अब गर्मीबाट केही राहत मिल्ने मौसमविदहरुले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका तराईका जिल्लामा असार ६ गतेसम्म तातो हावा चल्ने सूचना चार दिन अघि जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?