कन्टेन्ट क्रिएटरको रुपमा चर्चित पारस बम ‘कुल ब्वाय’ अब फिल्ममा हिरो, साइन गरे ‘होस्टेल ३’

कन्टेन्ट क्रिएटरको रुपमा चर्चित पारस बम ‘कुल ब्वाय’ अब फिल्ममा हिरो, साइन गरे ‘होस्टेल ३’

अर्थ चौतारी

कन्टेन्ट क्रिएटरको रुपमा चर्चित पारस बम ‘कुल ब्वाय’ अब ...

A A- A+

काठमाडौं । पछिल्लो समयका चर्चित ‘कन्टेन्ट क्रिएटर’ कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । निर्माताले शुक्रबार सामाजिक सञ्जालका यी सेलिब्रेटीलाई लिएर फिल्म बनाउने जनाएका छन् ।

यसअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् । यो सूचीमा कुल ब्वाय पनि जोडिएका हुन् ।

वास्तविक नाम पारस बम भएका उनलाई फिल्मको शीर्ष कलाकारको रुपमा चिनाइएको छ । उनी टिकटक, युट्युब र फेसबुक(इन्स्टाग्राम रिल्स लगायतका सामाजिक सञ्जाल प्लाटफर्ममा चर्चित छन् ।

निर्देशक सुशान कँडेलले टिकटकर हुँदै इन्टरनेटमा कन्टेन्ट क्रिएटरको रुपमा चर्चित कुल ब्वायले फिल्ममा प्रमुख पात्रको भूमिका निर्वाह गर्ने बताए ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेको हो । कुल ब्याय गायक समेत हुन् । उनका ‘कान्छी कता हिंडेको’, ‘बुवाको नाक होस्’ लगायत गीत चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?