दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

अर्थ चौतारी

दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

A A- A+

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरे ।‘दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो । अनुमति लिएर धर्ना गर्दै हुनुहुनथ्यो । तर, प्रहरीहरुले धरपकड गरे । ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखिएको छ । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ,’ बर्तौलाले भने ।आन्दोलनरत किसानसँग वार्ता गर्न र अविलम्ब किसानहरूको भुक्तानीका लागि उनले सरकारको ध्यानाकर्षण गरे ।६ लाख किसानको पाँचदेखि ६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु । दूध किसानको भुत्तानी गरियोस्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?