काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित दुई वटा मनिचेन्जर कम्पनीको इजाजतपत्र रद्द भएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रालि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागले जारी गरेको सूचना अनुसार ती दुई कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको उल्लेख छ ।
हेर्नुहोस् सूचना :


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच