संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता, सीआइबीको रिपोर्ट लिँदै

संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता, सीआइबीको रिपोर्ट लिँदै

अर्थ चौतारी

संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता, सीआइबीको रिपोर्ट ...

A A- A+

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कामलाई तीव्रता दिएको छ । बुधबार बिहान ११ बजेदेखि सिंहदरबारमा समितिको बैठक जारी छ ।अहिले कानुन व्यवसायी र प्रहरी महानिरीक्षकसँग छलफल गरिरहेको समितिकी सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘आज सीआइबीको रिपोर्ट मौखिक होइन लिखित डकुमेन्ट लिन्छौँ,’ उनी भनिन् । मंगलबार बसेको समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल भएको थियो । उनीहरुले कानुनी र व्यवहारिक पक्षको जानकारी गराएको थिए समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरूले प्रतिवेदन बुझाएका थिए । तीन वटा सहकारीको समस्या समाधान भइसकेको समितिलाई जानकारी गराइएको छ । न्यौपानेका अनुसार समितिलाई म्यान्डेट दिएका ९ वटा (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका) सहकारीको कागजात उपलब्ध गराउन समितिले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?