तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच