टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Dipendra Singh Airee of Nepal reacts during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

अर्थ चौतारी

टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

A A- A+

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। १०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।किंग्स टाउनस्थित ओर्नोस वेल ग्राउन्ड सेन्ट भिन्सेन्टमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई/दुई विकेट लिए ।एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिसकेको नेपाल टेस्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यमा थियो। तर, बंगलादेशको बलिङसामु नेपाली टोलीले राम्रो ब्याटिङ गर्न सकेन। योसँगै एक दशकपछि टी–२० विश्वकप खेल्ने अवसर पाएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको छ। तीन खेल खेलेको नेपालले एउटै पनि जित हात पार्न सकेन। नेदरल्यान्ड्ससँग ६ विकेट तथा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको नेपालले श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा एक अंक पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?