काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर एकमात्र फिल्म ‘बाटो: रोड टु डेथ’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको फिल्मले ब्यवसायीक सफलता हात पार्ने अपेक्षा निर्माण युनिटले गरेको छ । प्रदर्शन अगाडि बुधबार फिल्मको प्रिमियर भएको थियो । प्रिमियर रुचाइएको फिल्म बिहीबार नेपालीसहित तमिल, तेलुगु तथा हिन्दी गरी विभिन्न चार भाषामा तयार भएको हो । फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् । प्रिमियरमा झैँ फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको बताए । उनले फिल्म दर्शकको रुचि ध्यानमा राखेर निर्माण भएको सुनाए ।काठमाडौँ फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माता चन्दन झा हुन् । फिल्मलाई दक्षिण भारतीय फिल्म उद्योगका छायांकार शरण ऋषिले छायाङ्कन गरेका छन् । फिल्मको लाइन प्रोड्युसरमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन्, भने कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत तथा विशाखा विक्रम थापा रहेका छन् । सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत तथा स्मृति झा छन् ।सस्पेन्स तथा थ्रिलर जनराको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच