गाजाको ८४ प्रतिशत भु-भागका वस्ती खाली गर्न इजरायलको आदेश

(240808) -- GAZA, Aug. 8, 2024 (Xinhua) -- People flee from the eastern districts of the southern Gaza Strip city of Khan Younis, on Aug. 8, 2024. Following a new evacuation order issued by the Israeli authorities, UN humanitarians said on Thursday its partners reported thousands of Gazans again fleeing parts of the Khan Younis area, west, toward Al Mawasi. (Photo by Rizek Abdeljawad/Xinhua)

गाजाको ८४ प्रतिशत भु-भागका वस्ती खाली गर्न इजरायलको आदेश

अर्थ चौतारी

गाजाको ८४ प्रतिशत भु-भागका वस्ती खाली गर्न इजरायलको आदेश

A A- A+

गाजा– गाजाको करिव ८४ प्रतिशत भूभागमा वस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्रसङ्घीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ ।

राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ नभएको जनाएको छ ।

गाजा युद्ध सुरु भएदेखि नै इजरायली सेनाले गाजाबासीलाई सैन्य कारबाहीको तयारीका लागि घर छोड्न माग गर्दै आएको छ । विस्थापित व्यक्तिहरू युएनआरडब्लुए आश्रयमा शरण लिन, आफन्तसँग वा सडक र विद्यालयहरूमा बस्न बाध्य भएका छन् ।

हमासद्वारा सञ्चालित गाजाका सरकारी सञ्चारमाध्यमको तथ्याङ्कअनुसार वर्तमान द्वन्द्वका कारण गाजा क्षेत्रको कूल २३ लाख जनसङ्ख्यामध्ये २० लाख मानिस विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?