लोक तथा दोहोरी गायक रबिन लामिछानेको गीत “नेपालमा रेल कहिँले आउला” सार्बजनिक ( भिडियो सहित)

लोक तथा दोहोरी गायक रबिन लामिछानेको गीत “नेपालमा रेल कहिँले आउला” सार्बजनिक ( भिडियो सहित)

अर्थ चौतारी

लोक तथा दोहोरी गायक रबिन लामिछानेको गीत “नेपालमा रेल ...

A A- A+

काठमाडौँ –लोक तथा दोहोरी गायक एवम् सर्जक रबिन लामिछानेको लोक दोहोरि गीत नेपालमा रेल कहिँले आउला सार्बजनिक भएको छ। नेपाली लाईभ दोहारी क्षेत्रका राजा भनेर चिनिने गायक लामिछानको आवमा रहेको यो गीत उनको आफ्नै युट्युव च्यानलबाट बिहिबार सार्वजनिक भएको हो । गीतमा गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा लय समेत रबिन लामिछाने कै रहेको छ भने शब्द पनि रबिन लामिछानेको नै रहेको छ । गीतलाई म्युजिक एरेन्ज कृष्ण के सीले गरेका छन् भने गीतलाई एच बि एन किस्मत ले मिक्सिङ्ग गरेका छन् । गीतमा सार्वाधिक लोकप्रिय गायक समेत रहेका अर्जुन सापकोटा र विभिन्न आधुनिक देखि लोकदोहोरि गीतमा अभिनय गगरेर सर्वाधिक लोकप्रिय बन्न सफल मोडेल अन्जली अधिकारीको अभिनय रहेको छ। त्यस्तै पछिल्लो समयका लोकप्रिय गायक सुमन परियार को समेत अभिनय रहेको छ । सुमन परियार लाई अभिनयमा शसक्त रुपमा नव मोडल नेहारिका थापाले साथ दियकी छन् । स्मृति तिमीलसीना " गुरुआमा "को निर्देशनमा बनेको यो गीतलाई धेरै दर्शकहरुले माया गर्ने अपेक्षा गरिएको छ । नबीन घर्तिको सम्पादन रहेको उक्त गीत आसाध्यै राम्रो बनेको छ । यो गीतको टिममा आबद्ध कलाकारहरु सबै आआफ्नो क्षेत्रमा लोकप्रिय बनिससकेका कलाकारहरु हुन्। यो गीत सार्वजनिक भएको छोटो समयमाम दर्शकहरुले राम्राृ पतिक्रिया दिइरहेका छन् । अत्याधिक दर्शकहरुले मन पराउने संकेत् सुुरुवातीमै देखा परिसकेको छ। यो गीत मार्फत देशका राजनितिज्ञले केबल झुटा आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने नेताहरुको प्रबृतिलाई चित्रण गर्न खोजिएको छ। यो संगै गीत मार्फत नेताहरुले गर्ने गरेका प्रतिबद्धता र झुटा आश्वासन कहिँले पुरा होलान् भन्ने प्रश्न समेत गरिएको छ। यो गीत मार्फत नै झुटको खेती गर्ने नेताहलाई झट्का दिइएको छ। यो गीत मनोरञ्जनका लागि मात्रै नभई जनचेतनामुलक पनि छ । यो गीतले दशको तितो यर्थाततालाई समेट्न खोजेको छ। र नेताहरुको खराब चरित्रलाई छलंग पार्न खाजेको छ। गीत मार्फत देशको यथार्ततालाई प्रष्ट देखाउन खाजेको गायक रबीन लामिछानेले बताएका छन् । पछिल्लो समय सबैको मन मुटुमा बसेका चर्चि दोहोरी गायक रबीन लामिछाने प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविन लामिछाने पछिल्लो पुस्ताका एक अब्बल गायक हुन् । प्रत्यक्ष दोहोरी गायनबाट खारिएर आएका गायक रविन लामिछाने अब्बल सिर्जनाका धनी हुन् । उनको शब्द रचना, संगीत सिर्जना सँगै सुमधुर आवाज हुनुले उनीभित्र संगीतको त्रिवेणी भेटिन्छ । पछिल्लो एक दशक उनको चर्चा परिचर्चाले उचाइ चुमेको छ । प्रतियोगितात्मक दोहोरी गायनमा एकपछि अर्को प्रतिस्पर्धाबाट प्रतियोगिताको प्रथम स्थान ओगट्न सफल हुन् गायक लामिछाने । मुलुकभित्र हुने विभिन्न जिल्ला, राष्ट्रियस्तरका प्रतियोगितामा धेरैपटक प्रथम, द्वितीय हुँदै आएका छन् । गायनभित्र संघर्षका शब्दशिल्पीलाई स्रोतासामु पस्किँदा सरल र सभ्य रुपमा उनको प्रस्तुति रहँदै आएको भेटिन्छ । गोरखाको तान्द्राङमा जन्मिएका गायक रविन लामिछानेले जन्मस्थानदेखि राजधानीसम्म आउँदा धेरै आरोह अवरोह झेलेका छन् । जन्मभूमिका लोक कला संस्कृतिको प्रभाव उनीभित्र पनि भेटिन्छ । स्कुलमा अध्ययन गर्दादेखि नै गीतसंगीतको प्रभाव उनीमा पनि परेको थियो । त्यसले अन्ततः देशको ठूलो गायक, सर्जक बनाउने जग निर्माण गरेको थियो । त्यही जगबाट आज राष्ट्रियस्तरमा लोकप्रिय गायक, सर्जकका रुपमा उनी स्थापित भएका छन् । देश तथा विदेशमा हुने मेला महोत्सवमा उनको डिमाण्ड धेरै भएको पाइन्छ । तर पनि उनी आफूले महत्व दिनुपर्ने ठाउँलाई मात्र प्राथमिकतामा राखेर सिर्जनामा नै व्यस्त हुँदै आएका छन् । दोहारी गाएरै उनि सार्बाधिक लोकप्रिय बन्न सफल कलाकार हुन् ।

भिडियो

https://youtu.be/NijnN2YEB0A?si=g6Vz7RUAERkv8_CM

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?