जुम्ला । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जुम्लाको एक आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद एवं खाद्यान्न सामाग्री वितरण गरेको छ । नेविसंघ केन्द्रीय कार्य समितिको पहल तथा जिल्ला कार्य समितिको संयोजनमा गुठीचौर गाउँपालिका–१ मा रहेको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद तथा खाद्यान्न सहयोग गरेको हो ।हिमाली रम्बा आधारभूत आवासीय विद्यालयमा हाल ४२ जना विद्यार्थी अध्ययनरत छन् भने अधिकांश बालबालिका अभिभावकविहीन छन् ।नेविसंघका प्रवक्ता सुरज सेजुवालले प्रारम्भिक बालविकास विद्यार्थीलाई सरकारले प्रदान गर्दै आएको दिवा खाजाको रकम पालिकास्तरबाट समेत थप वृद्धि गर्नुपर्ने बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच